नयाँ पत्रिका
काठमाडौं, ७ कात्तिक
प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दबाबमा अपराधी नछाड्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले अपराधी पक्राउ परेलगत्तै छाड्न राजनीतिक वृत्तबाट दबाब आउने गरेको गुनासो बढेको बताउँदै जस्तोसुकै दबाब आए पनि अपराधीलाई नछाड्न निर्देशन दिए ।
प्रहरी प्रधान कार्यालयले आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै नेपालले भने, 'अब अपराधीको जालो तोड्नैपर्छ । अपराधी पक्राउ परेलगत्तै कारबाही नगर्न राजनीतिक वृत्तबाट दबाब आउने गरेको सुनेको छु, जस्तोसुकै दबाब आए पनि अपराधी नछाड्नोस्, अप्ठ्यारो परे मलाई भन्नूस्, म तपाईंहरूको साथमा छु ।'
भनसुन, आर्थिक लेनदेन र राजनीतिक पहुचका आधारमा दबाब दिए मात्रै प्रहरीमा सरुवा, बढुवा, शान्तिमिसनजस्ता अवसर पाउने विकृति रहेको प्रधानमन्त्री नेपालले स्विकारे । उनले प्रहरी संगठनका विकृति हटाउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।
महिला प्रहरीमाथि संगठनभित्रै दुव्र्यवहार हुने गरेको र उनीहरू समकक्षी पुरुष प्रहरीबाट प्रताडित हुने गरेको बताउँदै तत्काल यस्ता दुव्र्यवहार हटाई समान अधिकार र अवसर निर्माण गर्न उनले गृहप्रशासन र प्रहरीका उच्च अधिकारीलाई निर्देशन पनि दिए ।
प्रधानमन्त्री नेपालले सामाजिक विकृति हटाउन प्रहरी बढी सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री नेपालले सशस्त्र द्वन्द्वका क्रममा घाइते प्रहरी र वीरगति पाएका प्रहरी परिवारको अवस्था अत्यन्त नाजुक रहेकोमा दुःख व्यक्त गर्दै घाइतेहरूको उचित उपचार र सुविधाका साथै वीर प्रहरीका परिवारलाई रोजगार, शिक्षा, स्वास्थ्यजस्ता सुविधा प्रदान गर्न तत्काल गृहकार्य सुरु गर्न गृहमन्त्रीलाई निर्देशन दिए ।
Sunday, October 25, 2009
'संघीयता चुनौतीपूर्ण’
25/10/2009 05:18:00Naya Patrika काठमाडौं /
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले स्वायत्त राज्य घोषणा चुनौतीपूर्ण रहेको बताएका छन् ।
नेपाल सम्वत् ११३० का अवसरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेवाः राज्य घोषणाको माग गर्दै शनिबार आयोजना गरेको मोटरसाइकल र्याली उद्घाटनका क्रममा प्रचण्डले स्वायत्त राज्य गठनको पहल लिने वेला आइसकेको बताए ।
'स्वायत्त राज्य र संघीय गणतन्त्रको दिशामा चुनौती छन्, सामन्ती, प्रतिगामीहरू नेवाः राज्य घोषणा हुन नदिने पक्षमा छन्, प्रचण्डले भने, 'यस्तो र्यालीले संघीयता, शान्ति र नयाँ संविधान निर्माणमा सहयोग पुर्याउनेछ ।'
नेपाल सम्वत् नेपालको स्वतन्त्रता र राष्ट्रियतासँग जोडिएको उनले बताए । 'अन्याय, शोषण, उत्पीडिनका विरुद्ध न्याय र समानता दिने सम्वत् यही हो,' प्रचण्डले भने । आफ्नो नेतृत्वको सरकारले नेपाल सम्वत्लाई व्यावहारिक रूप दिन पहल गरेको बताउँदै उनले ठूलो दलको हैसियतले पनि यस्तो पहल जारी राख्ने आश्वासन दिए ।

सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्यो
नयाँ पत्रिका
दैलेख, ७ कात्तिक
सरकारले दलित बिहे गर्नेलाई एक लाख दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका दलित युवालाई समाजले कुटपिट गरेर ६० हजार तिराएको छ । तर, पुरस्कार दिने प्रशासन मौन छ ।
जगनाथ गाविस-६ का अमित विक र सविता शाहीबीच १६ भदौमा प्रेमविवाह भएको थियो । यही 'आरोप' मा केटीपक्षले दलित युवालाई कुटपिट गरे, ६० हजार जरिवाना पनि तिराए ।
अमित विकले कुटपिट सहे, ६० हजार पनि तिरे । तर, कथित माथिल्लो जातको समाजले त्यत्तिमा चित्त बुझाएन । सवितालाई जबर्जस्ती अर्कैसँग बिहे पनि गरिदिएको छ ।
सरकारले अन्तर्जातीय बिहे गर्नेलाई एक लाख दिने भनेको छ । तर, दैलेखका दलितले अन्तर्जातीय बिहे गरेकै कारण कुटपिट सहनुपर्यो, ६० हजार जरिवाना तिर्नुपर्यो र प्रेम गरेर भित्र्याएकी श्रीमती छाड्नुपर्यो । तर, दोषीमाथि कुनै कारबाही भएको छैन ।
'बिहे गरेकै कारण युवालाई कुटपिट गरियो, गरिब परिवारबाट ६० हजार उठाइयो,' दलित अधिकारकर्मी प्रेम भुर्तेलले नयाँ पत्रिकासित भने, 'दलितकी नवविवाहित श्रीमतीलाई पनि अर्कैसँग बिहे गर्न बाध्य पारियो, योभन्दा ठूलो अन्याय अरू के हुन्छ ?'
जगनाथ-३ का गोठे विक (दिवंगत) का छोरा अमित र पदमबहादुर शाहीकी छोरी सविताबीच गत १६ भदौमा बिहे भएको थियो । तर, गाउँमा बस्दा कुटपिट हुने डरले उनीहरू रातारात भागेर दैलेख सदरमुकाम आएका थिए ।
तर, दुवैजनालाई सदरमुकामबाट फर्काउन २७ भदौमा केटीका बुबा र आमा आएका थिए । उनीहरूले दलित युवाकी आमा र दाइलाई पनि लिएर आएका थिए । माइतीपक्षका अभिभावकले 'जे हुनु भयो, अब तिमीहरूको राम्रोसँगै बिहे गराइदिन्छौँ' भनेर घर फर्काएका थिए ।
हामी घरमा लैजान्छौँ, औपचारिक बिहे पनि गराइदिन्छौँ भन्दै नवविवाहित जोडीलाई खोजिदिन उनीहरूले अधिकारवादी संघसंस्थासँग अनुरोध पनि गरेका थिए । अधिकारवादीहरूको समेत रोहवरमा बेहुलाबेहुलीलाई घर फर्काइएको थियो । तर, २९ भदौको साँझ माइतीपक्षको घर पुग्नासाथ दलित युवा र उनका अभिभावकलाई समेत कुटपिट गरिएको थियो ।
'अभिभावकहरू नै सदरमुकाम आएर दलित अधिकारकर्मी र अन्य संघसंस्थासँग सुरक्षा र न्यायको माग पनि गरेका थिए,' अधिकारकर्मी भुर्तेलले भने, 'तर, अभिभावक आएर औपचारिक बिहे गराइदिने आश्वासन दिएपछि उनीहरू गाउँ फर्किएका हुन्, उनीहरूमाथि धोका भयो ।'
दलित बेहुला भीरबाट हामफाली भागे पनि उनका दाजुलाई बेहुलीका जेठाबाबु चक्रबहादुर शाहीले जरिवाना तिर्न बाध्य बनाएका थिए । उनको धम्कीअनुसार दलित परिवारले ४ असोजमा ५० हजार तिरेका थिए । तर, त्यतिले पुगेन भन्दै उनीहरू पाँच दिनपछि दलितको घरमा आएर थप १० हजार लिएर गएका थिए । ६० हजार जरिवाना उठाएपछि दलित युवाकी प्रेमिकालाई जाजरकोट जिल्लाको मजकोट गाविसमा बिहे गरेर पठाइएको छ ।
कुटाइबाट बच्न भागेका अमित अहिलेसम्म बेपत्ता छन् । कुनै दिन उनी घर फर्किए मारिदिने धम्कीसमेत कथित माथिल्लो जातको समाजले दिएको रुम गाविसका शिक्षक नन्द विश्वकर्माले जानकारी दिए । उनले भने, 'अमितले एसएलसी पास गरेको सर्टिफिकेट र मार्कसिट तथा नागरिकता पनि उनीहरूले नै खोसेर लगेका छन् ।' पीडित परिवारका सदस्य त यति डराएका छन्, उनीहरूले यसबारेमा पत्रिकासँग केही पनि बोल्न सकेनन् ।
दलित स्वावलम्बी समाजका अध्यक्षसमेत रहेका भुर्तेलले घटनालाई दानवीय भन्दै सरकारले दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बताउँछन् । 'दोषीलाई सरकारले कारबाही गर्नुपर्छ, न्यायका लागि लड्न हामी तयार छौँ,' उनले भने, 'न्यायको टुंगो लगाउन पीडितहरूलाई सदरमुकाम बोलाएका छौँ । सदरमुकामबाटै उजुरी दिई कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।'

टेम्केडाँडामा पहिलो पर्यटक
25/10/2009 05:27:00गोपाल किराँती
टेम्केडाँडामा किराँत गणतन्त्र भ्यु-टावर निर्माण गरिने निर्णय भएपछि त्यसको निरीक्षणका लागि गत असोज २९ मा त्यसको अवलोकनका लागि गणतन्त्र नेपालका प्रथम अर्थमन्त्री तथा एनेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईसहितको टोली त्यहाँ पुग्यो । किराँत गणतन्त्र टावर निर्माण समितिद्वारा आयोजित गणतन्त्र टावर निर्माणको अर्थ-राजनीतिक विकाससम्बन्धी यस निरीक्षण भ्रमणमा पूर्वउद्योगमन्त्री तथा नेकपा (एमाले) का नेता हेमराज राई र पंक्तिकारको पनि सहभागिता थियो । नेपाली सेनाको हेलिकोप्टर भाडामा लिएर गएको टोली टेम्केडाँडामाथि करिब २५ मिनेट रहेर चौतर्फी फोटो खिचाइ गौरीशंकरदेखि कञ्चनजंघासम्मका हिमशृंखलाहरूको अत्यन्त नजिकबाट दृश्यावलोकन गरियो । यस सिलसिलामा डा. भट्टराईले टेम्केमा गणतन्त्र भ्यु-टावर निर्माणले बाह्य र आन्तरिक दुवै पर्यटनलाई आकषिर्त गर्ने विचार राख्नुभयो ।
भदौ ६ मा माओवादी किराँत राज्य समितिको बैठकले समग्र किराँत प्रदेशको आधुनिक संरचना खडा गर्न चोमोलुङमा पूर्वाधार विकास अभियानलाई अनुमोदन गरेको थियो । सोही बैठकले प्रदेशको राजधानी तायजोङ सहरीकरणका लागि समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको टेम्केडाँडामा भ्यु-टावर निर्माण गर्न किराँत गणतन्त्र टावर निर्माण समिति गठन गर्यो । संघीय नेपालमा स्वायत्त प्रदेशहरू घोषणा गर्दा पूर्वाधारको दृष्टिले सबैभन्दा गरिब प्रदेश किराँत राज्य नै हुने प्रस्ट छ । अर्कोतिर, यो पूर्वाधारको अभाव नयाँ वैज्ञानिक योजना निर्माणको युगान्तकारी अवसर पनि हो, भन्ने पनि प्रस्टै छ । अतः सम्पूर्ण अभावका विरुद्ध जनयुद्ध र जनआन्दोलन लडेको ऊर्जाशील माओवादी जनशक्तिले योजना निर्माणको यस अवसरलाई आगामी हजार वर्षको योजनाका रूपमा प्रयोग गर्ने दृढ इच्छाशक्ति अभियानमा मुखरित गरेको छ । यसको प्रारम्भिक अभिव्यक्तिका रूपमा वरिष्ठ इन्जिनियर तेम्बा शेर्पासमेतको अध्ययनका लागि गएको एक टोलीले ३ सेप्टेम्बर २००९ मा टेम्केमाथि टावरको शिलान्यास पनि गर्यो । त्यसको लगत्तै निर्माण उपभोक्ता समितिलाई पूर्णता दिँदै डा. भट्टराईको प्रमुख उपस्थितिमा निरीक्षण यात्रा सम्पन्न गरियो ।
नेपाली सेनाका मेजर रवीन्द्र बस्नेत चालक रहेको हेलिकोप्टरले त्यत्रो उचाइमा बढी भारी लान नमिल्ने हुनाले करिब तीन सय लिटर फ्युल दिक्तेल बजारमा ल्यान्ड गरिराखियो । दिक्तेलबाट रूपाकोट, चखेवा भञ्ज्याङ हुँदै मूलडाँडासमेतको निरीक्षण गर्दै टोली अघि बढ्यो । कपासे भञ्ज्याङ, सेल्मे, पान्धारे भएर टेम्केको फोटो खिच्दै हेमराज राईको गाउँ अन्नपूर्णलाई दुई राउन्ड गरियो । छिनामखु, तिम्माको आकाशमाथिबाट मैयुङको फाँट हेर्दै हामी टेम्केतिर फर्कियौँ । डाँडामथि प्रहरी टोली र जनता पनि पुगिसकेका रहेछन्, देखियो तर उचाइ र हावाका कारण हेलिकोप्टर बस्न सकेन । त्यसपछि चालकले दुई-दुईजनाका दरले पुर्याउने भनी भोरनागी शिरमा ल्यान्ड गरी डा. भट्टराई र यस पंक्तिकारलाई टेम्केमा पुर्यायो । त्यसपछि हेमराज राई र डा. धर्मराज उपाध्यायलाई दोस्रोपटक लिएर आयो । बिहान आठ बजेको समय पनि कति चर्को जाडो रहेछ भनेर कहिल्यै नबिर्सने त्यस अवसरमा प्रहरीको सम्मान तथा दिदीबहिनीले फूलमाला लगाइदिए । पंक्तिकारले टावर शिलान्यास गरिएको स्थान, तायजोङ सहर निर्माणको परिकल्पना र आँखै अगाडि देखिने समग्र भागहरूको संश्लेषण किराँत प्रदेशमाथि बि्रफिङ गरियो । नास्ताका रूपमा पाउरोटी खाँदै गर्दा डा. भट्टराईले 'टेम्केमा प्रथम टुरिस्ट भयौँ' भन्नुभयो ।
टेम्के निरीक्षण सकेर फ्युल भर्न दिक्तेल आयौँ । फ्युल भर्दै गर्दा माओवादी पार्टी कार्यालयमा कार्यकर्ता, पत्रकार र प्रशासकहरूसित थोरै अन्तक्रिर्या भयो । त्यसक्रममा डा. भट्टराईले जनयुद्धको तयारीका क्रममा आफू खोटाङ-भोजपुर आउँदा टेम्के पुगेको, टेम्केमा पुग्दा मगरातको जलजला हिमालको झल्को आएको र यो डाँडा र क्षेत्रमा केही आधुनिक विकास हुन्छ र गर्नैपर्छ भन्ने लागेको बताउनुभयो । सयौँ वर्षदेखि अधिकार र पहिचानको निम्ति विद्रोह गर्दै आएको किराँत प्रदेशले अमेरिकाको लिबर्टी स्ट्याचु, पान्सको आइफिल टावर तथा भारतको इन्डिया गेटजस्तै महत्त्व राख्ने किराँत गणराज्य स्मारकका रूपमा गणतन्त्र टावर निर्माण गर्न लागेकोप्रति शुभकामना गर्दै आफ्नो र सबैको तर्फबाट सहयोग रहने प्रतिबद्धता गर्नुभयो । स्थानीय किराँतीहरूको आदिम सभ्यतास्थल, बुद्धिस्टहरूको दोस्रो लुम्बिनी र हिन्दुहरूको दोस्रो पशुपतिनाथ मानिने हलेसीलाई तीन फन्को घुमेर अकाशबाटै निरीक्षण गर्दै काठमाडौंबाट उडेको चार घन्टामा हाम्रो टोली पुनः काठमाडौं एअरपोर्ट ओर्लियो । आधुनिक नेपालको किरात गणराज्य निर्माण गर्न र किराँत राज्यको भौतिक पूर्वाधार तयार गर्न डा. बाबुराम भट्टराईको यस निरीक्षण यात्राले धेरै ठूलो योगदान गरेको छ ।
(किराँती पूर्व सस्कृतिमन्त्री हुन्)

Saturday, October 24, 2009
धमलाको मुद्दा फिर्ता भएन
काठमाडौं, २०६६ कार्तिक ७ -
रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलासहित तीन जनामाथिको मुद्दा सरकारले फिर्तार् लिन नमिल्ने काठमाडौं जिल्ला अदालतले आदेश सुनाएको छ । न्यायाधीश शेखर पौडेलको एकल इजलासले एकै मुद्दाका अभियुक्तहरूलाई सरकारले आशिंक रूपमा छोड्न नमिल्ने निर्णय सुनाएको हो । गत पुसमा सरकारले धमलासहित वीरेन्द्र केएम, रामशुभक महतो मनोज महतोलाई ज्यान मार्ने उद्योग तथा अपहरण र हतियार खरखजनासम्बन्धी मुद्दा लगाएको थियो । तीमध्ये मनोज महतोबाहेक अन्यको मुद्दा सरकारले प्रधानमन्त्री माधवकुमार नेपाल अमेरिका जानुअघि गत भदौ ३० गते फिर्ता लिएको थियो । मुद्दा खेपिरहेका ऋषि प्रधानमन्त्रीको टोलीमा अमेरिका गएका थिए । यसअघि सर्वोच्चबाट प्रतिपादित नजिरका आधारमा अदालतले सरकारको निर्णय अनुसार मुद्दा फिर्ताका लागि अनुमति नदिएको हो । महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसपी नवराज सिल्वालले अदालतको निर्णयअनुसार मुद्दा प्रक्रिया अघि बढाइने बताए । 'हामीलाई अदालतबाट औपचारिक पत्र आएको छैन,' एसपी सिल्वालले भने, 'पत्र प्राप्त भएपछि उल्लेख भएअनुसार कारबाही अघि बढाउँछौं ।' मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिन गरेको निर्णय अनुमतिका लागि जिल्ला अदालतमा पठाइने व्यवस्था छ ।

जलवायु परिवर्तनले नेपालमा पारेको असरसम्बन्धी समाचारहरुसगरमाथा बेस क्याम्पमा तालै ताल
श्याम भट्ट, काठमाडौं,कात्तिक ४-
पहिलो सगरमाथा विजेता तेञ्जिङ शेर्पाले सगरमाथा विजय गर्न १५ दिन भन्दा बढी समय लगाएका थिए। एडमन्ड हिलारी र तेञ्जिङको पूरै सगरमाथा अभियान भने ३ महिना बढी समयको थियो। तर पछिल्लो समयमा यो साहसिक दूरी ८ घन्टामामै छोट्टिएको छ। दस पटक सगरमाथा विजय गरेका पेम्बा दोर्जे भन्छन् ‘अहिले त सगरमाथामा ८ हजार मिटरसम्म नै चट्टान देखिन्छन् जसले गर्दा यो साहसिक अभियान सजिलो भएको हो’।सन २००० मा १९ वर्षे युवा जोशमा पहिलो पटक सगरमाथा विजय गरेका पेम्बाले यसपालि गत मे १९ मा आफ्नो १० औं यात्रा तय गर्दाका अनुभव मर्मस्पर्शी छन्। भन्छन् ‘उहिले कालापत्थर नजिक ६ हजार मिटरको उचाइमा हिउँमा हिँड्न लगाइने विशेष जुत्तामा लगाइने काँडाहरु ‘क्याम्प्रुन’को मद्दत लिन्थ्यौ। अहिले साधारण जुत्तामा यो दुरी तय गर्न सकिन्छ। पहिलो बेसक्याम्पमा उतिबेला खानेपानीको विकल्प हिँउ गलाउनु थियो तर अहिले त्यहाँ कयौ साना ठुला ताल बनेको बताउँदै उनले आक्रोश पोखे, ‘सरकार सगरमाथामा आइरहेका परिवर्तन बारे चिन्तित छैन। उसलाई हिमाल आरोहणको शुल्क लिए पुग्यो’। हिमाली जनतामा यो परिवर्तनले त्रास बढाएको उनी बताउँछन्।हिमालमा सन २००४ देखि परिवर्तन भेटेको बताउँदै पेम्बा भन्छन् ‘सन २००६ पछि त परिवर्तन धेरै भएको छ नर्थ र साउथ पोलमा यो प्रष्ट महशुस गर्न सकिन्छ’। आफूले हिमालमा आएका परिवर्तन बारे ‘भिडियो’समेत खिचेको उनले बताए। जलवायु परिवर्तनको असर नेपालका हिमालमा धेरै परेको बताउँदै उनले भने सरकारले विश्व समुदायको ध्यान तान्न एक दुई वर्ष भए पनि आरोहणमा बन्देज लगाउन आवश्यक भएको छ।
पेम्बाको यो कथनलाई यसपाली १९ औं पटक संरक्षणको सन्देश लिएर सगरमाथा चुमेका कीर्तिमानी आरोहीले आप्पा शेर्पाले पनि बताइसकेका छन्। आप्पाले ८ हजार मिटरको उचाईमा नै पानी भेटेको दावी गरिसकेका छन्। अर्का आरोही तथा संरक्षण राजदुत दावा स्टेभन शेर्पा पनि सगरमाथामा आएका परिवर्तन बारे वकालत गर्दै सरकारलाई समयमै सजग हुन आग्रह गर्छन्।
पेम्बा दोर्जे हिमालमा आएको परिवर्तन बारे विश्व शक्ति केन्द्र अमेरिकाको ध्यान आर्कषण गर्न आउँदो नोभेम्बर ७ मा उता लाग्दैछन। राष्ट्रपति बाराक ओबामा लाई भेटेर हिमालमा आएको परिवर्तन बारे वेलिविस्तार लगाउने उनको कार्यक्रम तय भएको छ भन्छन ‘म मेरो तर्फबाट हिमाली जनताले बेहोर्नु परेका र पर्न सक्ने समस्या बारे सहायोग गर्न अग्रह गर्ने छु र बेसक्याम्पको ढुंगा उपहार दिने छु’।
पेम्बाको यो काम विश्वव्यापी युवाहरुको जलवायु परिवर्तन विरुद्धको समन्यायी अभियान ‘३५०’ अर्न्तगतको एक अंग हो।३५० एक संख्यात्मक परिणामाम हो जसलाई वैज्ञानिकहरु कार्वनडाई अक्साईडको मथिल्लो सुरक्षित परिणाम मान्छन।
नासाका वैज्ञानिक जेम्स हन्सनका अनुसार पृथ्वीको सतहमा अहिले कार्बनडाई अक्साईडको मात्रा ३९० पीपीएम (पार्टस पर मिलिएन) छ।समयमै कार्बन उर्त्सजनमा कमी ल्याउन प्रदुषक देशलाई दवाब दिएर यो मात्रा ३५० पीपीएममा मा झार्नु नै अभियानको लक्ष हो।
कार्बन उर्त्सजन ३५० पीपीएममा सिमीत गर्न बिश्व समुदायको ध्यानाकर्षण गर्न आगामी अक्टुबर २४मा विश्वभरका अनेकौ समुदाय ‘ताज महलदेखि ग्रेट ब्यारियर रिफसम्म’ १५२ राष्ट्रमा २२०० भन्दा बढी कार्यक्रम आयोजना हुँदैछन।
आप्पाले भेटे आठ हजार मिटरमा पानी !श्याम भट्ट, काठमाडौं जेठ १४
किर्तिमानी आरोहि आप्पा शेर्पाले राष्ट्रपतिलाई आफ्नो् अनुभव सुनाउदै भने, “यसपाली आठ हजार मीटरको उचाँईमा पानी भेटें।” आप्पाको यो कुराले राष्ट्रपति मात्र होईन संगै रहेका संरक्षणकर्मी प्रशान्त सिंहलगायत सबै अचम्म परे सिंहले सोधॆ यो त नहुनु पर्ने कुरा हो।
उनले आफ्नो कुरा जारी राख्दै भने पहिला तेस्रो क्याम्प पछि साउथ कोलमा हामीहरु त्यो ठाँउमा पानी पगालेर खान्थ्यौ तर यसपाली त पानी नै भेटियो। वार्ताक्रममा संगै रहेका राष्ट्रपतिका प्रमुख स्वकिय सचिव ललित बहादुर बस्नेतले नागरिक संग भने आप्पाको कुरा सुनेर हामी स्तब्ध भयौ।
१९ औ पटक सगरमाथा सफल आरोहण गरेकोमा सम्मान गर्न बुधवार आप्पालाई शितलनिवास बोलाईएको थियो ।उनका साथमा आयोजक र बिश्व वन्यजन्तु कोषका केहि प्रतिनिधि थिए। सगरमाथाको सफल आरोहण पछि सोमबार काठमाण्डौ पुगेका आप्पाले आफुलाई अझै आरोहणको ‘हयाङ’ रहेकाले धेरैकुरा बिर्सिराखेको बताएका थिए।
यदी आप्पाको कुरा साँचो हो भने यो जलवायु परिवर्तनको पराकाष्टा मात्र होईन अध्ययनको गहन विषय पनि भएको संरक्षणकर्मी प्रशान्त सिँहले भने।
शितल निवासमा उनलाई राष्ट्रपतिले आरोहण अनुभव सुनाउन आग्रह गरेका थिए यसक्रममा आप्पाले चिनतिर रहेको सगरमाथा को भिरालो चोईटिएको र हिलारी स्टेप पनि पहिले भन्दा गाह्रो भएको बताएका थिए ।पहिले हिँउ हुने ठाँउमा अहिले चट्टान भएकाले यात्रा गाह्रो भएको सुनाउदै उनले भनेका थिए हिलारी स्टेपमा हिँउ छैन आधार शिविर देखी पहिलो क्याम्प सम्मको यात्रा खतरनाक भएको छ । विश्वको शिर सगरमाथावाट सबैलाई जलवायु परिवर्तन विरुद्ध कार्य गर्न आव्हान गर्न उनी यसपाली चुचुरोमा पुगेका थिए।
आप्पालाई उनको १९औं सफलतामा र आयोजक संस्था एशियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पालाई सगरमाथामा सफाई गरेवाफत राष्ट्रपतिले सम्मानित गरेका थिए ।
विज्ञानका विद्यार्थीका नाताले जलवायु परिवर्तनको विषयमा जानकारी रहेका र चाख लिएका राष्ट्रपतिले उनलाई यो काम समयमै भएको बताउदै राम्रो काम गरेकामा बधाई दिएका थिए भने यस्ता अभियान जारी राख्न सल्लाह दिएको प्रमुख स्वकिय सचिव बस्नेतले बताए ।राष्ट्रपतिले आगामी दिनमा सगरमाथा सरसफाईका लागी सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन उनले भने ।संरक्षणकर्मीले जलवायु परिवर्तन जस्ता गम्भीर विषयको नेतृत्व राज्यस्तारवाट हुनु पर्ने आग्रह गरेका गरेका थिए।
आप्पा बिहीबार अमेरिका फर्कदै छन उनलाई शनिवार त्यहाँको युटाह राज्यले ‘युटाह स्टेट बेस्ट अवार्ड’ दिने कार्यक्रम छ। उनी युटाहका साल्टलेक सिटीमा बस्दै आएका छन्।
“जलवायु परिवर्तनलाई रोकौं-हिमाललाई बाँच्न दिउ संदेश लेखिएको डब्लु डब्लु एफको ध्वजा आप्पाले शिखरमा पुर्याएका थिए यसपाली । उनी दुई पटक सगरमाथा घुमेका आरोहि एवं जलवायु परिवर्तनका वकालतकर्ता दावा स्टेभेन शेर्पाले नेतृत्व गरेको इको-एभरेष्ट पर्वतारोहण टोलीमा थिए ।सुख्खा हिँउदका कारण यसपाली मौसम बेमौसममा हिँउपरेकाले आरोहण क्रममा हिमपहिरो जाँदा एक सदस्य लाक्पा नोरु शेर्पाको मृत्यु भएको थियो ।शायद बेमौसममा हिँउ पर्नु जलवायु परिवर्तनकोकारण भएको उनले बताएका थिए।आप्पाको यात्रा अघि डब्लु डब्लु एफ इन्टरनेशनलका महानिर्देशक जिम लिपले भनेका थिए, “जलवायु परिवर्तन सम्वन्धि यस किसमका प्रयासले विश्व समुदायलाई यसका सवालमा जागरुक हुन मद्दत पुर्याउने छु।”
स्थानीय समय अनुसार विहानको करिब ८ बजे पुर्याएकॊ ध्वजामा तेङवोचे गुम्बाका श्रद्धेय रिम्पोचे द्वारा मन्त्रणा गरिएकॊ बम्पा धार्मिक फूलदानी लाई आपा शेर्पाले शिखरमा पुर्याएका थिए। फूलदानीमा विभिन्न चार सय प्रकारका पवित्र तत्व थिए। हिमाली क्षेत्रमा रहेका पवित्र उपत्यकाको स्वच्छतामा वातावरणीय परिवर्तनवाट नकरात्मक असर नपरोस् भन्ने मनसायले फूलदानीलाई शिखरमा पुगाईएको हो ।जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भिर संकट ल्याउने मानिन्छ । जलवायु परिवर्तनका विषयमा गम्भीर नभएमा आगामी २५ वर्षमा सबै हिमनदि सुक्ने अवस्थामा पुग्ने दावी वैज्ञानिकहरु गर्दै आएका छन्।
एसियन ट्रेकिङद्वारा आयोजित पर्वतारोहण टोलीले यो यात्रामा पारिस्थिकीय सम्वेदनशिलताको पक्षलाई विशेष ध्यान दिएको थियो। उनीहरुले वाटोमा रहेका क्षेत्रमा रहेका छ टन पुराना फोहर मैला एवं मानविय निष्काशनलाई उपयुक्त व्यवस्थापनका लागि आधार शिविरसम्म ल्याई दिएका छन्। पर्वतारोहणको क्रममा उनीहरुले वैकल्पिक उर्जाको प्रयोग समेत गरेका थिए।

राजदूतहरुद्धारा लडाकुहरुसंग समायोजनबारे छलफल
माओवादी लडाकुहरुले राजदूतहरुलाई पहिले अयोग्य लडाकुहरुको व्यवस्थापन हुनुपर्ने बताए
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका राजदूतहरुले शुक्रबार ईलामको चुलाचुलीस्थित माओवादी सेनाको शिविरका लडाकुहरुसंग सेना समायोजनका विषयमा छलफल गरेका छन्।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु चीन, अमेरिका, बेलायत, फ्रान्स र रुसका राजदूतहरु ईलामको चुलाचुली स्थित माओवादी सेनाको प्रथम डिभिजन मुख्यालयमा दिउँसो आइपुगेका थिए।
साथमा राष्ट्रसंघीय निकाय अनमिन प्रमुख करिन ल्याण्डग्रेन र जापानी राजदूत पनि रहेका थिए।
माओवादी सेनाको प्रथम डिभिजन मुख्यालय चुलाचुलीका कमाण्डर यमबहादुर अधिकारी प्रतिक्षाका अनुसार विदेशी कूटनीतिज्ञहरुको टोलीले माओवादी लडाकुसंग सेना समायोजनका विषयमा अन्तर्क्रिया गरेका थिए।
समायोजन
"सेना समायोजनका विषयमा उहाँहरुले सोध्नु भयो। हामीले सेना समायोजन गर्ने प्रक्रियामा अयोग्य लडाकुहरुलाई पहिला व्यवस्थापन गर्नु पर्छ भन्यौं," प्रतिक्षाले भने।
प्रतिक्षाका अनुसार टोलीले सेना समायोजन पछि नेपाली सेनाको संख्या बढने र नेपालले धान्न नसक्ने स्थितिमा के गर्ने भनेर माओवादी लडाकुलाई सोधेको थियो।
"हामीले देशले धान्न नसकेको अवस्थामा समायोजन पछि सेनाको संख्या घटाउन सुझाव दियौं," प्रतिक्षाले बताए।
कूटनीतिज्ञहरुको टोलीले शिविरमा दुई घण्टा बिताएको थियो तर माओवादी सेनासंगको अन्तर्क्रिया चलेका बेला स्थानीय संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो।
शान्ति सम्झौता पुनरावलोकन गर्नुपर्ने अभिव्यक्ति रक्षामन्त्री विद्यादेवी भण्डारीले केही दिन अघि दिएकी थिइन्।
रक्षामन्त्री भण्डारीको अभिव्यक्तिपछि शान्ति प्रक्रिया नै अवरुद्ध हुनसक्ने अशंका भइरहँदा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरुका राजदूतहरु लगायत विदेशी कूटनीतिज्ञहरुको टोलीले माओवादी सेनाको शिविर भ्रमण गरेको हो।

Subscribe to:
Posts (Atom)