Saturday, October 24, 2009

जलवायु परिवर्तनले नेपालमा पारेको असरसम्बन्धी समाचारहरुसगरमाथा बेस क्याम्पमा तालै ताल

श्याम भट्ट, काठमाडौं,कात्तिक ४-

पहिलो सगरमाथा विजेता तेञ्जिङ शेर्पाले सगरमाथा विजय गर्न १५ दिन भन्दा बढी समय लगाएका थिए। एडमन्ड हिलारी र तेञ्जिङको पूरै सगरमाथा अभियान भने ३ महिना बढी समयको थियो। तर पछिल्लो समयमा यो साहसिक दूरी ८ घन्टामामै छोट्टिएको छ। दस पटक सगरमाथा विजय गरेका पेम्बा दोर्जे भन्छन् ‘अहिले त सगरमाथामा ८ हजार मिटरसम्म नै चट्टान देखिन्छन् जसले गर्दा यो साहसिक अभियान सजिलो भएको हो’।सन २००० मा १९ वर्षे युवा जोशमा पहिलो पटक सगरमाथा विजय गरेका पेम्बाले यसपालि गत मे १९ मा आफ्नो १० औं यात्रा तय गर्दाका अनुभव मर्मस्पर्शी छन्। भन्छन् ‘उहिले कालापत्थर नजिक ६ हजार मिटरको उचाइमा हिउँमा हिँड्न लगाइने विशेष जुत्तामा लगाइने काँडाहरु ‘क्याम्प्रुन’को मद्दत लिन्थ्यौ। अहिले साधारण जुत्तामा यो दुरी तय गर्न सकिन्छ। पहिलो बेसक्याम्पमा उतिबेला खानेपानीको विकल्प हिँउ गलाउनु थियो तर अहिले त्यहाँ कयौ साना ठुला ताल बनेको बताउँदै उनले आक्रोश पोखे, ‘सरकार सगरमाथामा आइरहेका परिवर्तन बारे चिन्तित छैन। उसलाई हिमाल आरोहणको शुल्क लिए पुग्यो’। हिमाली जनतामा यो परिवर्तनले त्रास बढाएको उनी बताउँछन्।हिमालमा सन २००४ देखि परिवर्तन भेटेको बताउँदै पेम्बा भन्छन् ‘सन २००६ पछि त परिवर्तन धेरै भएको छ नर्थ र साउथ पोलमा यो प्रष्ट महशुस गर्न सकिन्छ’। आफूले हिमालमा आएका परिवर्तन बारे ‘भिडियो’समेत खिचेको उनले बताए। जलवायु परिवर्तनको असर नेपालका हिमालमा धेरै परेको बताउँदै उनले भने सरकारले विश्व समुदायको ध्यान तान्न एक दुई वर्ष भए पनि आरोहणमा बन्देज लगाउन आवश्यक भएको छ।
पेम्बाको यो कथनलाई यसपाली १९ औं पटक संरक्षणको सन्देश लिएर सगरमाथा चुमेका कीर्तिमानी आरोहीले आप्पा शेर्पाले पनि बताइसकेका छन्। आप्पाले ८ हजार मिटरको उचाईमा नै पानी भेटेको दावी गरिसकेका छन्। अर्का आरोही तथा संरक्षण राजदुत दावा स्टेभन शेर्पा पनि सगरमाथामा आएका परिवर्तन बारे वकालत गर्दै सरकारलाई समयमै सजग हुन आग्रह गर्छन्।
पेम्बा दोर्जे हिमालमा आएको परिवर्तन बारे विश्व शक्ति केन्द्र अमेरिकाको ध्यान आर्कषण गर्न आउँदो नोभेम्बर ७ मा उता लाग्दैछन। राष्ट्रपति बाराक ओबामा लाई भेटेर हिमालमा आएको परिवर्तन बारे वेलिविस्तार लगाउने उनको कार्यक्रम तय भएको छ भन्छन ‘म मेरो तर्फबाट हिमाली जनताले बेहोर्नु परेका र पर्न सक्ने समस्या बारे सहायोग गर्न अग्रह गर्ने छु र बेसक्याम्पको ढुंगा उपहार दिने छु’।
पेम्बाको यो काम विश्वव्यापी युवाहरुको जलवायु परिवर्तन विरुद्धको समन्यायी अभियान ‘३५०’ अर्न्तगतको एक अंग हो।३५० एक संख्यात्मक परिणामाम हो जसलाई वैज्ञानिकहरु कार्वनडाई अक्साईडको मथिल्लो सुरक्षित परिणाम मान्छन।
नासाका वैज्ञानिक जेम्स हन्सनका अनुसार पृथ्वीको सतहमा अहिले कार्बनडाई अक्साईडको मात्रा ३९० पीपीएम (पार्टस पर मिलिएन) छ।समयमै कार्बन उर्त्सजनमा कमी ल्याउन प्रदुषक देशलाई दवाब दिएर यो मात्रा ३५० पीपीएममा मा झार्नु नै अभियानको लक्ष हो।
कार्बन उर्त्सजन ३५० पीपीएममा सिमीत गर्न बिश्व समुदायको ध्यानाकर्षण गर्न आगामी अक्टुबर २४मा विश्वभरका अनेकौ समुदाय ‘ताज महलदेखि ग्रेट ब्यारियर रिफसम्म’ १५२ राष्ट्रमा २२०० भन्दा बढी कार्यक्रम आयोजना हुँदैछन।
आप्पाले भेटे आठ हजार मिटरमा पानी !श्याम भट्ट, काठमाडौं जेठ १४
किर्तिमानी आरोहि आप्पा शेर्पाले राष्ट्रपतिलाई आफ्नो् अनुभव सुनाउदै भने, “यसपाली आठ हजार मीटरको उचाँईमा पानी भेटें।” आप्पाको यो कुराले राष्ट्रपति मात्र होईन संगै रहेका संरक्षणकर्मी प्रशान्त सिंहलगायत सबै अचम्म परे सिंहले सोधॆ यो त नहुनु पर्ने कुरा हो।
उनले आफ्नो कुरा जारी राख्दै भने पहिला तेस्रो क्याम्प पछि साउथ कोलमा हामीहरु त्यो ठाँउमा पानी पगालेर खान्थ्यौ तर यसपाली त पानी नै भेटियो। वार्ताक्रममा संगै रहेका राष्ट्रपतिका प्रमुख स्वकिय सचिव ललित बहादुर बस्नेतले नागरिक संग भने आप्पाको कुरा सुनेर हामी स्तब्ध भयौ।
१९ औ पटक सगरमाथा सफल आरोहण गरेकोमा सम्मान गर्न बुधवार आप्पालाई शितलनिवास बोलाईएको थियो ।उनका साथमा आयोजक र बिश्व वन्यजन्तु कोषका केहि प्रतिनिधि थिए। सगरमाथाको सफल आरोहण पछि सोमबार काठमाण्डौ पुगेका आप्पाले आफुलाई अझै आरोहणको ‘हयाङ’ रहेकाले धेरैकुरा बिर्सिराखेको बताएका थिए।
यदी आप्पाको कुरा साँचो हो भने यो जलवायु परिवर्तनको पराकाष्टा मात्र होईन अध्ययनको गहन विषय पनि भएको संरक्षणकर्मी प्रशान्त सिँहले भने।
शितल निवासमा उनलाई राष्ट्रपतिले आरोहण अनुभव सुनाउन आग्रह गरेका थिए यसक्रममा आप्पाले चिनतिर रहेको सगरमाथा को भिरालो चोईटिएको र हिलारी स्टेप पनि पहिले भन्दा गाह्रो भएको बताएका थिए ।पहिले हिँउ हुने ठाँउमा अहिले चट्टान भएकाले यात्रा गाह्रो भएको सुनाउदै उनले भनेका थिए हिलारी स्टेपमा हिँउ छैन आधार शिविर देखी पहिलो क्याम्प सम्मको यात्रा खतरनाक भएको छ । विश्वको शिर सगरमाथावाट सबैलाई जलवायु परिवर्तन विरुद्ध कार्य गर्न आव्हान गर्न उनी यसपाली चुचुरोमा पुगेका थिए।
आप्पालाई उनको १९औं सफलतामा र आयोजक संस्था एशियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पालाई सगरमाथामा सफाई गरेवाफत राष्ट्रपतिले सम्मानित गरेका थिए ।
विज्ञानका विद्यार्थीका नाताले जलवायु परिवर्तनको विषयमा जानकारी रहेका र चाख लिएका राष्ट्रपतिले उनलाई यो काम समयमै भएको बताउदै राम्रो काम गरेकामा बधाई दिएका थिए भने यस्ता अभियान जारी राख्न सल्लाह दिएको प्रमुख स्वकिय सचिव बस्नेतले बताए ।राष्ट्रपतिले आगामी दिनमा सगरमाथा सरसफाईका लागी सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन उनले भने ।संरक्षणकर्मीले जलवायु परिवर्तन जस्ता गम्भीर विषयको नेतृत्व राज्यस्तारवाट हुनु पर्ने आग्रह गरेका गरेका थिए।
आप्पा बिहीबार अमेरिका फर्कदै छन उनलाई शनिवार त्यहाँको युटाह राज्यले ‘युटाह स्टेट बेस्ट अवार्ड’ दिने कार्यक्रम छ। उनी युटाहका साल्टलेक सिटीमा बस्दै आएका छन्।
“जलवायु परिवर्तनलाई रोकौं-हिमाललाई बाँच्न दिउ संदेश लेखिएको डब्लु डब्लु एफको ध्वजा आप्पाले शिखरमा पुर्‍याएका थिए यसपाली । उनी दुई पटक सगरमाथा घुमेका आरोहि एवं जलवायु परिवर्तनका वकालतकर्ता दावा स्टेभेन शेर्पाले नेतृत्व गरेको इको-एभरेष्ट पर्वतारोहण टोलीमा थिए ।सुख्खा हिँउदका कारण यसपाली मौसम बेमौसममा हिँउपरेकाले आरोहण क्रममा हिमपहिरो जाँदा एक सदस्य लाक्पा नोरु शेर्पाको मृत्यु भएको थियो ।शायद बेमौसममा हिँउ पर्नु जलवायु परिवर्तनकोकारण भएको उनले बताएका थिए।आप्पाको यात्रा अघि डब्लु डब्लु एफ इन्टरनेशनलका महानिर्देशक जिम लिपले भनेका थिए, “जलवायु परिवर्तन सम्वन्धि यस किसमका प्रयासले विश्व समुदायलाई यसका सवालमा जागरुक हुन मद्दत पुर्‍याउने छु।”
स्थानीय समय अनुसार विहानको करिब ८ बजे पुर्‍याएकॊ ध्वजामा तेङवोचे गुम्बाका श्रद्धेय रिम्पोचे द्वारा मन्त्रणा गरिएकॊ बम्पा धार्मिक फूलदानी लाई आपा शेर्पाले शिखरमा पुर्‍याएका थिए। फूलदानीमा विभिन्न चार सय प्रकारका पवित्र तत्व थिए। हिमाली क्षेत्रमा रहेका पवित्र उपत्यकाको स्वच्छतामा वातावरणीय परिवर्तनवाट नकरात्मक असर नपरोस् भन्ने मनसायले फूलदानीलाई शिखरमा पुगाईएको हो ।जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भिर संकट ल्याउने मानिन्छ । जलवायु परिवर्तनका विषयमा गम्भीर नभएमा आगामी २५ वर्षमा सबै हिमनदि सुक्ने अवस्थामा पुग्ने दावी वैज्ञानिकहरु गर्दै आएका छन्।
एसियन ट्रेकिङद्वारा आयोजित पर्वतारोहण टोलीले यो यात्रामा पारिस्थिकीय सम्वेदनशिलताको पक्षलाई विशेष ध्यान दिएको थियो। उनीहरुले वाटोमा रहेका क्षेत्रमा रहेका छ टन पुराना फोहर मैला एवं मानविय निष्काशनलाई उपयुक्त व्यवस्थापनका लागि आधार शिविरसम्म ल्याई दिएका छन्। पर्वतारोहणको क्रममा उनीहरुले वैकल्पिक उर्जाको प्रयोग समेत गरेका थिए।

No comments:

Post a Comment