Sunday, October 25, 2009

'संघीयता चुनौतीपूर्ण’

25/10/2009 05:18:00Naya Patrika काठमाडौं /

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले स्वायत्त राज्य घोषणा चुनौतीपूर्ण रहेको बताएका छन् ।

नेपाल सम्वत् ११३० का अवसरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेवाः राज्य घोषणाको माग गर्दै शनिबार आयोजना गरेको मोटरसाइकल र्‍याली उद्घाटनका क्रममा प्रचण्डले स्वायत्त राज्य गठनको पहल लिने वेला आइसकेको बताए ।

'स्वायत्त राज्य र संघीय गणतन्त्रको दिशामा चुनौती छन्, सामन्ती, प्रतिगामीहरू नेवाः राज्य घोषणा हुन नदिने पक्षमा छन्, प्रचण्डले भने, 'यस्तो र्‍यालीले संघीयता, शान्ति र नयाँ संविधान निर्माणमा सहयोग पुर्‍याउनेछ ।'

नेपाल सम्वत् नेपालको स्वतन्त्रता र राष्ट्रियतासँग जोडिएको उनले बताए । 'अन्याय, शोषण, उत्पीडिनका विरुद्ध न्याय र समानता दिने सम्वत् यही हो,' प्रचण्डले भने । आफ्नो नेतृत्वको सरकारले नेपाल सम्वत्लाई व्यावहारिक रूप दिन पहल गरेको बताउँदै उनले ठूलो दलको हैसियतले पनि यस्तो पहल जारी राख्ने आश्वासन दिए ।

No comments:

Post a Comment