नयाँ पत्रिका
काठमाडौं ६ कात्तिक
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको असंवैधानिक कदमका विषयमा सदनमा छलफल गर्न अन्य राजनीतिक दल तयार नभए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।
अन्य राजनीतिक दललाई सातदिने अल्टिमेटम दिने आफ्नो प्रस्तावलाई शुक्रबार स्थायी समितिको बैठकमा पारित गराएर एक कार्यक्रममा सहभागी हुन पुगेका माओवादी अध्यक्ष प्रचण्डले त्यही आन्दोलनबाट आफ्ना माग पूरा हुने दाबी गरे ।
नेपाल संवत ११३० का अवसरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले राजधानीमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले भने, 'माओवादीले उठाएका नागरिक सर्वोच्चता, नयाँ संविधान निर्माण, शान्तिप्रक्रिया, राष्ट्रिय सहमतिको सरकार बन्दैन भने सशक्त आन्दोलन गर्छौं । त्यो आन्दोलनलाई रोक्ने ताकत दुनियाँको कसैसँग पनि छैन ।'
प्रचण्डले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले कसको नेतृत्वमा सरकार गठन गर्ने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने चलखेल गरिरहेको दाबी गर्दै यस्तो चलखेल आफूहरूलाई अमान्य हुने बताए ।
'विदेशी प्रभुहरूले नेपालमा कसको सरकार बनाउने, कसलाई प्रधानमन्त्री र मन्त्री बनाउने भन्ने साँचो आप\mनो हातमा भएको ठानेका होलान् । तर, त्यो अब सम्भव छैन,' प्रचण्डले भने, 'कसलाई सरकारको नेतृत्व दिने नेपाली जनताको आन्दोलनले नै छिनोफानो गर्छ ।'
प्रचण्डले सामन्ती वर्गव्यवस्थाबाट उत्पीडित सबै आदिवासी जनजातिलाई आफ्नो अधिकारका लागि एक हुन आग्रहसमेत गरे ।
Saturday, October 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment