Sunday, October 18, 2009

समयमै संविधान नबन्ने शङ्काः एमाले उपाध्यक्ष गौतम



नेपाल जापान डट् कम् सम्वाददाताकाठमाडौं
PrintDateTime(10, 16);
अक्टोबर, १६

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राजनीतिक दलका जिम्मेवार नेताहरुका क्रियाकलाप र अहिलेको राजनीतिक गतिरोधलाई विश्लेषण गर्दा समयमै संविधान घोषणा हुने छाँटकाँट नदेखिएको बताउनुभएको छ।नेपालीहरुको दोस्रो महान् चाड दीपवालीका उपलक्ष्यमा नेकपा -एमाले) धौलागिरि अञ्चल सम्पर्क सङ्गठन कमिटीद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो- "बाहिर सबै दलका नेताहरुले संविधान बनाउनुपर्छ भनी अभिव्यक्ति दिँदै हिँडिरहे पनि भित्रिरुपमा संविधान बनाउने काम मेरो मात्र हो र भन्ने मानसिकता देखिएको छ ।"समयमै संविधान नलेखिए मुलुक गृहयुद्धमा फस्ने, त्यस अवस्थामा लाखौँ जनताको ज्यान जानसक्ने र विदेशीको घुसपैठ हुनसक्ने सम्भाव प्रबल रहेको बताउँदै नेता गौतमले भन्नुभयो-" अहिले भारतले सीमाक्षेत्रमा ४०० भन्दा बढी सुरक्षापोस्ट खडा गर्नु र नेपालमाथि कुनै बाहृयशक्तिले हस्तक्षेप गरे चीन चुप लागेर बस्दैन भन्ने खालका चिनियाँ पक्षको भनाइ आउनुले यसलाई पुष्टि गर्दछ ।" एमालेको नेतृत्वमा सरकार रहेको छ, तोकिएको समयमै संविधान निर्माण भएन भने के होला भन्ने प्रश्न टड्कारोरुपमा उब्जिएका बताउँदै उहाँले भन्नुभयो-यदि संविधान समयमा जारी गर्न सकिएन भने राष्ट्रपति, प्रधानमन्त्री, व्यवस्थापिका-संसद र सरकार अवैधानिक हुन्छ, त्यसबेला सेना, प्रहरी र प्रशासनमात्र रहन्छ, बाँकी रहेका शक्तिले फेरि राजतन्त्र ब्युँताउनसक्ने सम्भावना नकार्न सकिँदैन ।आयोजक संस्था संयोजक हरि श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा धौलागिरि क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुले त्यसक्षेत्रका गीत-सङ्गीत प्रस्तुत गर्नुका साथै द्यौसीभैलोसम्बन्धी विशेष साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment